ताजा समाचार

भारतमा नेपाल आयल निगमको ट्यांकरमा आगजनी, चालकको भारतीय प्रहरी ज्यान जोगाए

भैरहवा, ५ कात्तिक । भारतमा नेपाल आयल निगमको ट्यांकरमाथि आगजनी गरिएको छ । रुपन्देहीको सिमावर्ती शहर भारतको महाराजगञ्ज जिल्ला सुनौलीमा इन्धन लिने जाने क्रममा लु १ ख ७३३० नम्बरको ट्यांकरले एकजना भारतीय नागरिकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयबासीले आगजनी गरेका हुन् ।

भैरहवाबाट गएको दमकलले आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टले जानकारी दिए । ट्यांकर चालक सन्तोष खेरललाई भने भारतीय प्रहरीले सकुशल उद्धार गरी आफ्नो नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org