ताजा समाचार

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, पुर्न निर्माण प्राधिकरणको सीईओमा युवराज भूसाल

काठमाडौं, ६ कात्तिक । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलार्इ नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउँदैछन ।

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलको राजीनामा समेत स्वीकृत गरेको छ । प्राधिकरणमा पूर्वसचिव युवराज भूसाललाई ‘तत्कालका लागि’ सीईओको जिम्मेवारी दिएको छ । भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org