ताजा समाचार

गृहसचिवमा मोहनकृष्ण सापकोटा र अर्थमा शंकर अधिकारीलाई सरुवा


काठमाडौं, ६ कात्तिक । गृहसचिवमा मोहनकृष्ण सापकोटाको सरुवा भएको छ । गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवमा बढुवा भएपछि सरकारले गृहसचिवमा मोहनकृष्ण सापकोटालाई सरुवा गरेको हो । सोमबार
बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई गृहमा सरुवा गरेको हो।

सापकोटा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए। यस्तै, मुख्यसचिवमा दाबी गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। मुख्यसचिव नपाए अर्थमा जान पाउनुपर्ने दाबी अधिकारीले गर्दै आएका अधिकारीलाई उनको माग बमोजिम सरुवा गरिएको हो । रिक्त सामान्य प्रशासन मन्त्रालयको सचिवमा क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका रेश्मीराज पाण्डेलाई पदस्थापन गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org