ताजा समाचार

पार्टी नेतृत्वलाई गम्भीर आरोप लगाउँदै राजपा युवा संघ अध्यक्षसहितका नेता माओवादीमा प्रवेश


काठमाडौं, ७ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) को युवा संघ तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेलसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पटेलसँगै महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पटेलले जानकारी दिए ।

माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ती केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताए । ‘राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ’ नेता पट्टेलले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org