ताजा समाचार

वागी उम्मेद्वारको नाम फिर्तापछि जाजरकोटमा शक्ति बस्नेतलाई हाईसन्चो

काठमाडौं, ७ कात्तिक । जाजरकोटमा माओवादी केन्द्र नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतविरुद्ध वागी उम्मेदवारी दिने एमाले नेता गोविन्द्र विक्रम शाहले उम्मेवारी फिर्ता लिने भएका छन् । राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता शाहले पार्टी केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिने भएका हुन । उनले वस्नेतविरुद्ध जाजरकोटमा वागी उम्मेदवारी दिएका थिए ।

एमाले र माओवादी केन्द्रको बाम गठवन्धनले केन्द्रमा वस्नेतलाई र प्रदेशमा एक–एक सिट बांडफांड गर्ने सहमति भएपनि एमालेका उम्मेदवारले केन्द्र र प्रदेश दुवैमा वागी उम्मेदवारी दिएका थिए । उनले पार्टीको निर्देशनलाई आफुले मानेर जाने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org