ताजा समाचार

वाम गठबन्धनलाई जिताउन भन्दै कांग्रेस जिल्ला सभापतिद्धारा पार्टी परित्याग

बाजुरा, ८ कात्तिक । नेपाली कांग्रेस बाजुरका निवर्तमान जिल्ला सभापति मानबहादुर रावलले पार्टी परित्यागको घोषणा गरेका छन् । वाम गठबन्धनलाई जिताउन भन्दै रावलले नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।

२२ वर्ष नेपाली कांग्रेसको जिल्ला सभापतिका रहेका रावलले २०७० सालको संविधान सभाको चुनावमा प्रत्यक्षबाट उम्मेदवारी दिएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चियापान कार्यक्रममा रावलले कांग्रेसले आफूलाई न्याय नगरेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

रावललाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सहदेब बोगटी र नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य कर्णबहादर थापाले अबिर लगाएर स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org