ताजा समाचार

बोक्सी भन्दै एक महिलालाई खुकुरी तताएर कुटपिट गर्ने युवती पक्राउ

पाँचथर, ९ कात्तिक । बोक्सी भन्दै एक महिलालाई खुकुरी तताएर कुटपिट गर्ने एक युवती पक्राउ परेकी छन् । शरिरमा बोक्सीको पिसाच लागेको भन्दै झारफुक गर्ने नाममा एक महिलालाई फलाम तताएर डाम्दै कुटपिट गर्ने तुम्वेवा गाँउपालिका ३ बस्ने २६ वर्षकी लिपा भनिने दिव्यानी माङ्लाकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

माङ्लाकले आफ्नो शरिरमा बोक्सी लागेको भन्दै त्यसै गाँउकी ४५ वर्षकी महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेकी थिइन । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि माङ्लाकलाई पक्राउ गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत पाँचथरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org