ताजा समाचार

‘पार्कर’ दिनेश सुनारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए ( भिडियो)

काठमाडौं, ९ कात्तिक । सशस्त्र प्रहरी जवान दिनेश सुनारले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । भित्तामा एक मिनेटमा १८ पटक उल्टो फ्लिप गर्न सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम प्रकाशन गरेको हो । अहिलेसम्म १ मिनेटमा १५ पटकसम्मको रेकर्ड उनले तोडेका हुन् । ‘मिहेनत खेर गएन, यो सफलता मसँगै नेपालको, सशस्त्र प्रहरी र मलाई साथ दिने सवैको हो ।’

उनी केही दिनपछि अमेरिका जाँदैछन् । वल्र्ड फ्रिरनिङ पार्कर फेडेरेशनले तालिमका लागि उनलाई बोलाएको छ । पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश सुनारले गाउँमा उफ्रिएर, उल्टिएर जीवनको यो यात्रा सुरू गरेका थिए । सशस्त्र प्रहरीका तत्कालिन प्रमुख सनत बस्नेतले उठाएर हलचोकमा ल्याएका थिए । सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ ।

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् ।

हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि पार्कर गर्न सफल भएका दिनेशका भिडियो युट्युवमा पनि चर्चामा छन् । ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org