ताजा समाचार

बसुन्धारामा बस र ट्याक्सी ठोक्किँदा पैदलयात्रीको मृत्यु, दुईजना घाइते

काठमाडौं, ९ कात्तिक । वसुन्धारामा बस र ट्याक्सी ठोक्किँदा एकजना पैदलयात्रीको ज्यान गएको छ । बा३ख ९६९० नम्बरको यात्रीबाहक बस र बा१ज ३८०८ नम्बरको ट्याक्सी एकापसमा ठोक्किँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको ज्यान एको हो ।

बुधबार राति तीव्रगतिमा गुडेको ट्याक्सी र बस ठोक्किँदा पैदलयात्री माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजानेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । महोत्तरीका उद्धव पौडेल र नाम नखुलेका अर्का व्यक्ति घाइते भएका छन् ।

घाइतेको ग्रीन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org