चुनावी चहलपहल शुरु, पैँतालिस जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं, ९ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हँुदैछ ।
दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।
यस्तै, प्रदेश नं ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नं ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
दोस्रो चरणमा एक करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनका लागि आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
न्याय परिषदको बैठक बस्दै, सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस हुने
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदको बैठक भोली असोज ११...
-
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...