ताजा समाचार

ललितपुरका मेयरले पूर्व मन्त्रीदेखि सचिवसम्म सम्मिलित विज्ञ टोली गठन गरे

ललितपुर, १० कात्तिक । ललितपुर महानगरपालिकाले १२ सदस्यीय विज्ञ टोली गठन गरेको छ। मेयर चिरीबाबु महर्जनले महानगरको कामलाई चुस्त बनाउन भन्दै १२ सदस्यीय विज्ञ टोली गठन गरेका हुन्। टोलीमा पूर्व मन्त्रीदेखि पूर्वसचिवसम्म रहेका छन्। टोलीमा पूर्व महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई सामाजिक सुरक्षातर्फको विज्ञका रुपमा नियुक्त गरेका छन्।

यसैगरी, पूर्वमुख्य सचिव तिर्थमान श्रेष्ठलाई नीति र प्रक्रियाको विज्ञका रुपमा महानगरपालिकाले नियुक्त गरेका छन्।महानगरले सम्पदा, आर्थिक विकास, शहरी विकास तथा व्यवस्थापन, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि विज्ञ नियुक्त गरेको छ।

‘विज्ञले दिने सुझावका कारण नगरभित्रको आवश्यकता र समस्या पत्ता लगाउन सहज हुने र निर्णयमा पुग्न पनि सजिलो हुन्छ।’ प्रवक्ता राजु महर्जनले भने, ‘हामीले टोलीको ल्लाह र सुझाव अनुसार नै काम गर्न थालिसकेका छौं।’ महानगरले कृषि लगायतका केही महत्वपूर्ण विषयमा विज्ञ नियुक्त गर्न बाँकी रहेको महानगरले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org