यस्तो छ एमाले–माओवादी सिध्याउने कांग्रेसको गोप्य प्लान
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले समयमै नसच्चिए वाम गठबन्धन सिद्धिने चेतावनी दिएको छ । कांग्रेसलाई सिद्धाउने नियतले गठन भएको वाम गठवन्धन आफै सिद्धिने कांग्रेसको ठहर छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादीले कांग्रेसविरुद्ध विभिन्न षडयन्त्रहरु गरिरहेको आरोप लगाउँदै कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले उनीहरु आफै सिद्धिने जिकिर गरे ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै खाँडले भने, ‘पञ्चायतले कांग्रेस सिध्याउँछु भन्दाखेरि कांग्रेस सिद्धिएन, लोकतन्त्र सिद्धिएन, पञ्चायत सिद्धियो । राजाले कांग्रेस सिध्याउँछु भन्दाखेरि राजतन्त्र सिद्धियो । आज एमाले र माओवादीले कांग्रेस सिध्याउँछु, लोकतन्त्रलाई सिध्याउँछु, संसदीय व्यवस्थालाई उल्टाउँछु भन्दाखेरि संसदीय व्यवस्था उल्टिन्न, लोकतन्त्र सिद्धिन्न, कांग्रेस सिद्धिन्न, सिद्धिन्ने पालो एमाले र माओवादीको आएको छ ।’
उनले वाम गठवन्धन कांग्रेसका लागि अवसर र चुनौति दुवै भएको बताए । उनले भने, ‘हिजो राजतन्त्र समाप्त गर्ने हामीलाई अवसर मिल्यो । आज नेपालका कम्युनिष्टहरु निरंकुश हुने क्रममा अघि बढ्दाखेरि उनीहरु समाप्त हुने दिन आइसक्या छ ।’
नेता खाँडले निर्वाचनमा नेपाली जनताको साथ पाउने र कांग्रेसको पूर्ण बहुमत आउने विश्वास व्यक्त गरे । ‘प्रदेशमा पनि हाम्रो बहुमत आउने छ, केन्द्रमा पनि हाम्रो बहुमत आउने छ,’ नेता खाँडले भने, ‘कांग्रेसको प्रधानमन्त्रीत्वमा, सातवटै प्रदेशमा मुख्यमन्त्रीत्वमा निर्वाचनपछि कांग्रेसको सरकार बन्नेछ ।’
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
न्याय परिषदको बैठक बस्दै, सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस हुने
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदको बैठक भोली असोज ११...
-
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...