श्रमिक बालबालिकाको उद्धार
दाङ, ११ कात्तिक । दाङको घोराहीबाट ११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको छ ।
घोराही उपमहानगरपालिका, युनिसेफको सहयोग र हिमालय शान्ति तथा विकास अभियानले घोराहीका विभिन्न पसलमा काम गर्दै आएका बालबालिकालाई उद्धार गरी परिवारमा पुनःस्थापना गरेको हो ।
उद्धार गरी परिवारमा पुनःस्थापना गरिएका बालबालिकामा घोराही– ४ का विशाल परियार, प्रमोद सुनार, घोराही १८ का दीपक डाँगी, युवराज डाँगी, घोराही १२ का मञ्जु केसी, यमुना नेपाली, सदर नेपाली र सन्तोष रावत रहेका छन् ।
त्यसैगरी, घोराही– ७ का कमला चौधरी, घोराही– ५ का सुरेश परियार र घोराही १० का निशान्त चौधरीलाई श्रमबाट उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो ।
ती बालबालिकालाई शौक्षिक सामग्रीसहित परिवारलाई आयआर्जनका लागि रु १६ हजार पाँच सय समेत सहयोग गरिएको छ । बालबालिकालाई पढाउने र सहयोग रकमले आर्थिक उर्पाजन गर्ने सहमतिमा उनीहरुलाई सहयोग गरिएको अभियानका अध्यक्ष विकिरण गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले शैक्षिक सामग्री, नगद सहित बालबालिकाहरुलाई परिवार र सम्बन्धित वडा अध्यक्षहरुको जिम्मा लगाउनुभयो । (रासस)
Comments
अरु समाचार
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...













