जलवायु परिवर्तनले मध्य पहाडका फलफूल उच्च हिमाली भेकमा फल्न थाले
जुम्ला, ११ कात्तिक । एक दशकअघि उच्च हिमाली भेकमा हलुवावेद नाम सुन्दा यो के हो भनेर सोध्ने गरिन्थ्यो । अनार फल त दारिमजस्तै हुँदो रहेछ, यो हाम्रो ठाउँमा फल्छ होला भनेर अड्कल काटिन्थ्यो । अमिलो लिन कालीकोट, दैलख र सुर्खेतसम्म पुग्थे, यहाँका नागरिक । टिमुर नासोको रुपमा जाजरकोटबाट मगाइन्थ्यो । अहिले यी सबै फलफूल भने जुम्लाका केही बस्तीमा फल्दै आएका छन् ।
समुद्री सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा रहेको चन्दननाथ–३ को सिमखाडा गाउँमा यी सबै फलफूल स्थानीय कृषक लक्ष्मीबहादुर खत्रीले उत्पादन गर्दै आउनुभएको छ । कृषक खत्रीले १५ वर्षअघि जुम्ला कर्णाली प्राविधिक शिक्षालयबाट हलुवावेदको बोट ल्याएर लगाएको सात वर्षपछि फल दिन थालेको बताउनुभयो ।
“यसले शुरुका दिनमा दुई÷चार फल दियो, अहिले डेढ क्विन्टल जति फल्छ र बजारमा प्रति गोटा रु पाँचदेखि १० मा बिक्री गर्छौं” उहाँले भन्नुभयो । त्यस्तै, अनार र अमिलो पनि आफ्नै आँगनमा फलाउँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार औषधिजन्य गुण भएको मसलाजन्य चीज टिमुर लगाउँदा पनि यसले फल दिन थालेको छ ।
समुद्री सतहबाट एक हजार २०० देखि एक हजार ४०० मिटर उचाइमा फल्ने हलुवावेद हिमाली जिल्लामा फल्नु जलवायु परिवर्तनको प्रभाव एक मुख्य कारण भएको बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका वरिष्ठ वैज्ञानिक युवराज भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी भेकमा फल्ने यो फल जुम्लामा फल्नु हावापानीको विशिष्टता र चिसो सहन क्षमताको जात अर्को कारण हुन सक्छ ।”
विगतको जस्तो चिसो घटेर ताप बढ्दै जाँदा यी फलफूल उत्पादन भएको हुनसक्ने स्थानीय जगन्नाथ उपाध्यायले बताउनुभयो ।
हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाका अनुसार दुई वर्षदेखि जुम्लाको अधिकतम तापक्रम २८–३२ डिग्री सेन्टिग्रेड पुगेको छ भने न्यूनतम तापक्रम माइनस आठ डिग्री सेन्टीग्रेड छ । जहाँ कि आजभन्दा एक दशकअघि जुम्लाको अधिकतम ताफक्रम २४–२६ र न्यूनतम तापक्रम माइनस १२–१४ डिग्री सेन्टिग्रेड रहेको फिल्ड कार्यालयको अभिलेखमा छ ।
जुम्लाको तातोपानीमा हलुवावेद राम्रोसँग फल्दै आएको छ भने साविकको कुडारी गाविसको साँपुल्ली गाउँमा अनार पाइन्छ । हिजो स्याउ फल्ने ठाउँमा आज हलुवावेदको विकास हुन थालेको छ । स्याउले भने दुई हजार ६०० देखि तीन हजार मिटरको उचाइमा राम्रो उत्पादन दिन थालेको कृषि विज्ञले बताउँदै आएका छन् । (रासस)
Comments
अरु समाचार
-
हेटौँडा कला महोत्सव जेठमा
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको...
-
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा...
-
चितवनमा बाघ र गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।यही वैशाख १४...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई भने: मिलेर जानुस्, फुट्नु राम्रो होइन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ। मंगलबार...
-
प्रधानमन्त्रीसँग छलफल गर्न उपेन्द्र यादव बालुवाटारमा
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...