ताजा समाचार

बिर्तामोड घटनापछि डीएसपी सिलवाललाई जिल्ला तानियो, कर्फ्यु यथावत

झापा,११ कात्तिक । अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्यु पछि घटनाबारे छानविनको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्लामा तानिएको छ , । उनको ठाउँमा अहिले डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

स्थानीयले बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति स्थानीयले प्रश्न उठाउँदै आएका थिए ।

घटनामा गोली लागी घाइते भएका इलामको माई नगरपालिका(१ का मणि नेपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ ।

घटनाबारे थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति समेत गठन भएको छ । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै शनिबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले शनिबार पनि बिर्तामोडमा कर्फ्यू लगाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org