ताजा समाचार

बिल गेट्सलाई पछाडि पारेर फेरि विश्वकै धनी बने जेफ बेजोस

विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका कोफाउन्डर जेफ बेजोसले उछिनेर विश्वकै धनी व्यक्ति बनेका छन्।

फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३।२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ। अब उनको कूल सम्पत्ति ९० अर्ब ६० करोड पुगेको छ भने गेट्सको ९० अर्ब १० करोड डलर छ ।

माइक्रोसफ्ट कम्पनीका बिल गेट्स दोस्रो स्थानमा छन्।

यसअघि गत जुलाईमा पनि जोसेफ विश्वकै धनी व्यक्ति बनिसकेका छन्। तर, ५ घण्टामै कम्पनीको सेयर मूल्य घटेपछि उनलाई फेरि गेट्सले उछिनेका थिए। त्यसबेला जोसेफको कुल सम्पत्ति ९० अर्ब ९० करोड डलर पुगेको थियो।

गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा छन्। चार वर्षपछि उनलाई गत जुलाईमा बेजोसले पछाडि पारेका थिए।

सन् २०१७ को सुरुआतमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए। अहिले उनले वारेन बफेट र जारा कम्पनीका अमान्सियो ओर्टेगालाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका छन्।

सन् १९९४ मा बेजोसले अनलाइमार्फत् किताब बिक्री गर्न ग्यारेजबाट सुरु गरेको अमेजन कम्पनी संसारकै सबभन्दा छिटो सफल भएको अनलाइन बिक्रेताका रुपमा स्थापित छ।

५३ वर्षीय बेजोसले सन् २०१३ मा अमेरिकी पत्रिका वासिङटनपोस्ट किनेका थिए जसमा अमेजन डट कमको कुनै संल्ग्नता नरहने बताएका थिए।

ब्लुमवर्गको अर्बपति सूचीका अनुसार विश्वकै धनी सूचीमा बेजोस र गेट्स क्रमशः पहिलो र दोस्रो स्थानमा भएसँगै वारेन बफेट तेस्रो, अमान्सियो ओर्टेगा चौथो र फेसबुकका संस्थापक मार्क जुकरवर्ग पाँचौंमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org