ताजा समाचार

ट्रिपरको ठक्करबाट बस पल्टिदा २४ जना घाइते

चितवन,१२ कात्तिक । भरतपुर महानगरपालिकाको आँपटारीमा ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले ठक्कर दिएको हो ।

गम्भिर घाइते भएका २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको साथै बस चालक पनि घाइले भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन जानकारी दिएको छ ।
ट्रिपर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org