ताजा समाचार

बिर्तामोड गोलीकाण्डका एक घाइतेको काठमाडौंमा उपचार हुँदै

 

झापा, १२ कात्तिक । झापाको बिर्तामोड गोलीकाण्डका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाकी शुशिला घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनिल पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org