ताजा समाचार

लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्धारा लाठीचार्ज

इटहरी, १२ कात्तिक । लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीले हस्तक्षेप गरेको छ । यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्ज गरेको हो ।

लाठी चार्ज गर्दा तीन जना घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको टाउको चोट लागेको छ । उनीसंगै दुईजना थप घाइते भए ।

प्रहरीले नै इटहरीस्थित एपेक्स हस्पिटलमा निरांलाको उपचार गरेको छ । मध्यरात देखी नै सर्वसाधरणको लाइन यातायात कार्यालयमा लागेको थियो । बरगाछीदेखी लागेको सेवाग्राहीको लाइन तीन किलोमिटर दक्षिण आर्मी क्याम्पसम्म आइपुगेपछि व्यावस्थापन गर्न समस्या भएको थियो । नौं महिना पछि मोटरसाइकलको चालक अनुमपति पत्रको लागि आज फारम खुलेको हो ।

एकै पटक दशौं हजारले चालक अनुमति पत्रको फारम भर्नका लागि कुपन लिन जम्मा भएपछि प्रहरी, ट्राफिक प्रहरी र यातायात कार्यालयलाई भिड नियन्त्रण गर्न र चालक अनुमपति पत्रको लागि कुपन वितरण गर्न समस्या भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org