चुनाव नजिकिएसँगै उम्मेदवारको चर्चा
नवलपरासी, १२ कात्तिक । दुई जिल्लामा विभाजित नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी ( बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित जस्तैछ । यसैगरी, पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलले नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्नै निश्चित प्रायः छ ।
अहिले स्वतन्त्र गठबन्धनका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी पनि सूर्य चुनाव चिन्हसहित नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित छ भने पूर्व स्थानीय विकास राज्यमन्त्री एवं माओवादी नेता घनश्याम यादव नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।
निवर्तमान् सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ अन्तर्गत ‘क’ क्षेत्रबाट प्रदेश सभामा चुनाव लड्ने निश्चित छ ।
नवलपरासी दुई जिल्लामा टुक्रिएपछि बर्दघाट सुस्ता पूर्व र पश्चिममा दुई÷दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाका लागि दुवै जिल्लामा करिब आठ निर्वाचन क्षेत्र रहेका छन् ।
चार लाख मतदाता
दुई प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा कूल चार लाख २९ हजार ८९४ मतदाता रहेका छन् । प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ती मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ ।
नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिने बताइएको छ । (रासस)
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...