ताजा समाचार

प्रहरी इन्सपेक्टरले युवतीको कपडा खोलेर योनीमा लठ्ठी घुसाएपछि…

एजेन्सी । कानुनले अपराधीलाई सजाय र पीडितलाई न्याय दिने काम गर्दछ । त्यसको रक्षा गर्न प्रहरी, सुरक्षाकर्मी खटिएका हुन्छन् । प्रहरी नै कानुनको पहरेदार हो । तर, यहाँ यस्तो घटना सार्वजनिक भएको छ । जसले कानुन हातमा लिएको पुष्टि गर्दछ । प्रहरीका सब इन्सपेक्टरले चोरी गरेको आरोपमा युवतीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् ।

भारतको दिल्ली प्रहरीका सब इन्सपेक्टर राजबीरले चोरीको आरोपमा पक्राउ परेका दुई युवतीलाई मुख नखोलेको भन्दै कपडा खोलेर निर्घात कुटपिट गरेका छन् । राजबिर रोहिणी साउथ थानाका इन्चार्ज समेत हुन् ।

सब इन्सपेक्टर राजबिरले चोरीको आरोप लगाएर महिला प्रहरीबाट कपडा खोल्न लगाएका थिए । त्यसपछि महिला प्रहरीलाई बाहिर पठाएर सुरुमा कुटपिट गरेको पीडित महिलाले बताईन् । त्यसपछि गुप्तागंमा लगाएको कपडा पनि आफैले खोलेर लट्ठी घुसाएका थिए । लट्ठी घुसाउँदा युवती चिच्याएपछि उनले छाडेका थिए । यातना दिएर सोधपुछ गरेपछि २ घण्टा नियन्त्रणमा राखेर युवतीलाई छाडिएको थियो ।

प्रहरी चौकीमा यस्तो दुव्र्यवहार भएपछि युवतीले इन्सपेक्टरविरुद्ध निर्घात कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । ती युवतीको अस्पतालमा उपचार भइराखेको छ । दुवै युवतीको शरीरमा कुटेर निलडाम देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org