ताजा समाचार

जग्गाको विषयमा विवाद हुँदा दुई छोरा मिलेर बाबुको हत्या

बारा, १४ कात्तिक । जग्गाको विषयमा विवाद हुँदा दुई छोरा मिलेर बाबुको हत्या गरेका छन् । बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेका थिए ।

गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान पौने १० बजे ज्यान गएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org