ताजा समाचार

अमेरिकाको न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ गम्भीर घाइते

एजेन्सी, १५ कात्तिक । न्युयोर्कमा ट्रकले किचेर ८ को ज्यान गएको छ । लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकिल लेनमा चढाउँदा ८ जनाको ज्यान गएको हो । ११ गम्भीर घाइते भएका छन् ।

यो घटनालाई चरमपन्थी हमलाको रुपमा टिप्पणी गर्दै प्रहरीले संगिग्धलाई हिरासतमा लिएको छ । प्रवासी भनेर परिचय बनाएका २९ वर्षीय सेफुलो साइपोव नाम गरेका ड्राइभरले जानी जानी साइकलमा सवार यात्रीको ट्रकले किचेर मारेको प्रहरीको भनाई छ । प्रहरीले ट्रक ड्राइभरलाई तत्कालै नियन्त्रणमा लिएको थियो । उनी सन् २०१० मा अमेरिका आएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org