ताजा समाचार

डिभोर्सपछि श्रीमानले कारदेखि ल्यापटपसम्म आधा काटेर फिर्ता गरे

एजेन्सी, १५ कात्तिक । श्रीमानसँग डिभोर्स भएपछि श्रीमतीले आधा सम्पती पाउने गर्दछिन् । नेपालको कानूनले पनि यसलाई आत्मसाथ गर्दै श्रीमतीलाई आफ्नो सम्पूर्ण सम्पतीको आधा हिस्सा दिनुपर्ने हुन्छ । यदि श्रीमतीले माग दावी गरेको खण्डमा । छोरा छोरी भए उनीहरुलाई पढाउने खर्चदेखि लिएर उपचारसम्म गर्ने जिम्मेवारी श्रीमानकै हुन्छ ।

यस्तैबाट पीडित एक युवकले भने अनौठो गरेका छन् । जे गरेका छन् त्यो सुनेर तपाईं पनि दंग हुनुहुनेछ । प्रेमिकाले छोडेपछि ती व्यक्तिले सबै कुराहरु आधा फिर्ता दिने बिचार गरे जुन उनीहरुले सँगै किनेका थिए ।

युवकले आफ्नी पूर्व प्रेमिकालाई उनको भाग फिर्ता दिन आफ्नो घरको सबै सामान आधा गर्न सुरु गरे । यसका लागि उनले आफ्नो घरको सबै सामान जस्तै टिभी, ल्यापटप यहाँसम्म कि आफ्नो कारसमेत आरीले काटेर आधा गरे । त्यसपछि उनकी प्रेमिकाको आधा हिस्साको सामान उनीसम्म पुर्‍याए ।

प्रेमिकालाई उनको भाग पठाइसकेपछि युवकले आफ्नो हिस्सा भने अनलाइन सपिङ इबेमा हालेका छन् । यसका साथै युवकले आफ्नी प्रेमिका लौराका लागि युट्युबमा भिडियोसमेत पोष्ट गरेका छन् जसमा उनी आफ्ना सामानहरु काटिरहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org