ताजा समाचार

निवर्तमान सांसद राठौरलाई एमालेले कारवाही गर्‍यो, कांग्रेसले उम्मेदवार बनायो

कैलाली, १५ कात्तिक । नेकपा एमालेले पार्टीबाट निस्कासन गरेपछि निवर्तमान सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी हित विपरित काम गरेको भन्दै एमालेले राठोरलाई साधारणसदस्य समेत नरहनेगरी कारवाही गरेको थियो ।

एमालेले कारबाही गरेकै दिन काँग्रेस प्रवेश गरेका थिए । उनलाई क्षेत्र नम्बर २ बाट काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरलाई एमाले प्रदेश नम्बर ७ ले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो ।

राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांसदमा विजयी भएका थिए । पूर्व शिक्षा राज्यमन्त्री समेत भएका थिए ।

राठौर अरु कसैले अवसर पाउनु नहुने अलोकतान्त्रिक र सामन्ती सोचबाट ग्रसित भएका व्यक्ति भएको नेकपा एमाले प्रदेश नम्बर ७ प्रदेश संगठन कमिटीका संयोजक भीम रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । राठौरलाई स्थानीय निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई हराउने भूमिका खेलेको आरोप लागेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org