ताजा समाचार

भारतमा एक ‘पावर प्लान्ट’ विष्फोट हुँदा मारिनेको संख्या २२ पुग्यो

नयाँदिल्ली, १६ कात्तिक । भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मर्नेको संख्या २२ पुगेको छ । घटनामा अहिलेसम्म ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष्फोटलगत्तै थप क्षति रोक्ने उद्देश्यले बाहिरका मानिसलाई प्रवेश दिइएन । विष्फोटपछि आधा घण्टासम्म उक्त इलाकामा बाक्लो धुँवा देखिएको थियो । मारिने र घाइते हुने अधिकांश करारका कर्मचारी छन् ।

घटनास्थलबाट उद्दारको काम सकिएको रायबरेलीका जिल्लाधिकारी सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार बोइलरको पाइप विष्फोट हुँदा ठूलो मात्रामा ग्यास बाहिर निस्किएको थियो । सोही कारण आगो लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org