ताजा समाचार

काठमाडौँकी सबैभन्दा कान्छी उम्मेदवार सुबुनाको उम्मेदवारी दर्ता

काठमाडौं, १६ कात्तिक । काठमाडौंकी सबैभन्दा कान्छी उम्मेदवार सुबुना बस्नेतले उम्मेदवारी दर्ता गराएकी छन् । काठमाडौँका १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनेहरुमध्ये सबैभन्दा कान्छी सुबुना बस्नेतले राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएकी हुन् । उनी २६ अहिले वर्षकी छिन्। कांग्रेस युवा नेता गगन थापाले पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन्। एमालेले वाम गठबन्धनका तर्फबाट यो क्षेत्रमा डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।

व्यापार र जागिर दुबै गर्दै आएकी सुबुना एउटा संस्थामा उद्यम गर्नेहरुलाई परामर्श समेत दिँदै आएकी छन् ।इलाममा उत्पादन भएका कृषिजन्य सामाग्री काठमाडौंमा ल्याएर बच्ने सुबुना आफ्ना भाइ-बैनीहरुलाई रोजगार समेत दिएकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org