ताजा समाचार

धादिङ बस दुर्घटनामा थप एकको शव फेला, मृतकको संख्या ३२ पुग्यो

धादिङ, १६ कात्तिक । धादिङ बस दुर्घटनामा थप एक जनाको शव फेला गरेको छ । गत शनिबार घाटबेंसीमा भएको बस दुर्घटनापछि बेपत्ता भएका ४ जनामध्ये एक पुरुषको शव बिहीबार फेला परेको हो । बस डुबेकै स्थानबाट शव पानीको सतहमा आएपछि प्रहरीले झिकेको हो ।

उक्त शव टिकट काटेर बसमा चढेका ३० वर्षीय अभिनन्द चौधरी हुन सक्ने अनुमान गरिएको छ । आफन्तजनले औपचारिक सनाखत नगरुन्जेल किटान गर्न नमिल्ने गजुरीस्थित ईलाका प्रहरी ईन्चार्ज वरुणबहादुर सिंहले बताए ।

बस उछिट्टिने बेला वेपत्ता भएकाहरु गहिरो तलाउमा परेर पौडिन नसकेर वा तत्काल उद्धार हुन नसकी पानीमै डुबेको हुन सक्ने प्रहरी निरीक्षक सिंहले बताए । बिहीबार फेला परेको शवसहित मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा बस चालक र २ जना यात्रु अझै फेला परेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org