ताजा समाचार

हनीप्रीतले राम रहीमका छोरालाई यसरी बनाइन् कंगाल

एजेन्सी, १७ कात्तिक । बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीतका सम्बन्धमा नयाँ खुलासा भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, हनीप्रीतले राम रहीमका छोरा जसमीतको व्यापार हत्याउन खोजेकी थिइन् । हनीप्रीतले जसमीतको २४ करोड रुपैयाँको बिस्किट व्यापार बन्द गराएर कंगाल बनाइदिएकी थिइन् ।

विलासी जीवन बाँचिरहेकी हनीप्रीतलाई राम रहीमको सबै सम्पत्तिको वारिस आफू नै हुने विश्वास थियो । जसमीतले सन् १९९८ मा फादर बिस्किट नामक कारखाना खोलेका थिए । पचासजना कर्मचारीका साथ शुरु भएको यो कारखाना बिस्तारै चल्दै गयो । हरियाणा, पञ्जाब र राजस्थानका अनेक शहरमा यसको स्टोर खुल्यो ।

जसमीतले बिस्किट कारोबार बढेपछि अचार, जाम, नम्किन जस्ता उत्पादन बजारमा ल्याए र किङ ट्री नाम दिएर बजारमा ब्रान्डिङ ग–यो । यी ब्रान्ड पनि बजारमा छाए । जसमीतको उन्नति देखेर हनीप्रीत खुशी थिइनन् किनकि उनी आफैं यो कारोबार ह्यान्डल गर्न चाहन्थिन् ।

जसमीतलाई व्यापार बन्द गर्न हनीप्रीतले आग्रह गरेपनि उनले मानेनन् । चलेको व्यापार किन बन्द गर्थे त उनले ? हनीप्रीतले राम रहीमलाई दबाब दिएर जसमीतको व्यापार बन्द गराउने कोशिश गरेकी थिइन् । कम्पनीबाट आएको उत्पादनको गुणस्तर नभएको उनको भनाइ थियो ।

सन् २०१५ मा हनीप्रीतले जसमीतको धन्धा पूरै चौपट गराइदिइन् र बजारमा भएका उत्पादन फर्काउन लगाइन् । सन् २०१६ मा राम रहीमले एमएसजी नामक कम्पनी बनाए र आफ्नो छोरोको कम्पनी किङ ट्रीलाई मर्ज गरे । त्यो कम्पनी हनीप्रीतले नै सम्हालिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org