ताजा समाचार

पत्याउनु हुन्छ ! यी हुन् ३६ सन्तानका बाउ, अझै ३७ औँ बच्चाको पर्खाइमा

एजेन्सी, १७ कात्तिक । अहिले जमानामा एक दुई सन्तान हुर्काउन त गाह्रो हुन्छ । राज्यले पनि एक वा दुई सन्तानभन्दा बढी नजन्माउन विभिन्न प्रयासहरु गरिरहेको हुन्छ । तर यहाँ ३६ जना बच्चा पालन पोषण गर्ने मर्द बाउहरु पनि रहेछन् । यी मर्द तीन दर्जन छोराछोरीका बाउ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् ।

गुलजार खान नामक एक पुरुष अन्तर्राष्ट्रिय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् । आफ्ना ३६ जना बच्चा भैसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुसी छन् । उनीमात्र होइन, पूरै परिवारले आफ्नो घरमा आउने नयाँ सदस्यको व्यग्र रुपमा प्रतिक्षा गरिरहेको छ ।

गुलजारका तीनवटी पत्नी छन् । उनका ३६ छोराछोरीमध्ये कतिपयको त बिहे भएर नाति नातिना पनि जन्मिसके । आफ्ना छोराछोरी र नातिनातिना सबै गर्दा गुलजारको परिवारमा करीब डेढ सय सदस्य पुगिसकेका छन् । गुलजारको त खलक नै खान्दानी परेछ । उनीमात्र होइन उनका भाई मस्तानका पनि ३ पत्नी र २२ जना बच्चा छन् । गुलजार र मस्तान आफ्नो ठूलो परिवार भएकोमा गर्व गर्छन् ।

गुलजारका अनुसार तिनजना पत्नी र यतिधेरै बच्चाबच्ची हुनुको कारण छ । केही आदिवासी समुदायसँगको रिसिइवीका कारण आफुले ३६ जना बच्चा जन्माउनुपरेको उनी बताउँछन् । आदिवासी समुहसँग नियमित रुपमा झैझगडा गर्नुपर्ने र त्यसमा धेरै बच्चाबच्ची हुनु फाइदाजनक हुने गरेको उनको धारणा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org