ताजा समाचार

अन्ततः माधव नेपालका बागी श्रेष्ठको उम्मेदवारी फिर्ता

काठमाडौं, १९ कात्तिक । एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ । नेपालविरुद्ध बागी उम्मेदवारी दिएका एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीले आफूहरुलाई अबमुल्यन गरेको भन्दै नेपालविरुद्ध काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

काठमाडौं जिल्ला सदस्य रहेका श्रेष्ठले नेपाल निवास कोटेश्वरमा भएको झण्डै दुई घण्टा लामो छलफलपछि उम्मेदवारी फिर्ता लिन तयार भएका हुन् । श्रेष्ठले भन्नुभयो, ‘उहाँसँग (नेता नेपाल) कुराकानी भयो । हामीमाथि परेको अवमुल्यनबारे उहाँले अनुभुति गर्नुभएको छ । त्यसै भएर मैंले उम्मेदवारी फिर्ता लिएँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org