ताजा समाचार

एमाले नेताको दवावपछि कोमल वलीले उम्मेदवारी फिर्ता लिइन्

काठमाडौं, १९ कात्तिक । लोक गायिका कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छन्। प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी वलीले एमाले नेताको दवावपछि उम्मेदवारी फिर्ता लिएकी हुन्। वलीले भनिन्, ‘अहिले भर्खरै मात्र उम्मेद्वारी फिर्ता लिएको हुँ।’

उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी थिइन्।

वलीले अब नेकपा एमालेलाई सहयोग गर्ने बताएकी छिन्। उनले भनिन्, ‘एमालेले टिकट नदिएर मलाई अन्याय गर्‍यो तर अब म एमालेलाई सहयोग गर्छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org