ताजा समाचार

अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई १३ पन्ने भरायो

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन सुरु गरेको छ । अकुत सम्पति आर्जन गरेको आशंकामा अख्तियारले अर्यालमाथि छानविन सुरु गरेको हो ।

गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्यालले अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानविन थालेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले उनलाई सम्पत्ति विवरण (१३ पन्ने) भराएको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले भन्यो, ‘अहिले सम्पत्ति विवरण लिन्छौं ।’

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org