ताजा समाचार

देउवाको एक फोनले आरजुबिरुद्ध बागीको उम्मेदवारी फिर्ता

कैलाली, १९ कात्तिक । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ । कैलाली क्षेत्र नम्बर ५ मा आरजुबिरुद्ध बागी उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि आफूले आरजुलाई सहज बनाइदिएको क्षितिजले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले नै अन्य ठाउँहरुमा अवसर दिन्छु, अहिलेलाई सहयोग गर्नुस् भनेपछि फिर्ता लिएँ ।’

उनीसँगै कैलाली ५ मा आरजुबिरुद्ध उम्मेदवारी दिएका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org