ताजा समाचार

भियतनाममा डाम्रोइ आँधीका कारण २७ जनाको मृत्यु, २२ बेपत्ता

हनोई, १९ कात्तिक । भियतनाममा आएको डाम्रोइ आँधीका कारण २७ जनाको ज्यान गएको छ । आँधीका कारण अझै २२ जना हराइरहेका छन् । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आँधीका कारण २७ जनाको ज्यान गएको र २२ जना हराइरहेको जानकारी दिएको छ ।

१६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीनजनाको बिन्ह दिन्ह प्रान्तमा, तीनजनाको मध्य पहाडी लाम डोङ प्रान्तमा, एक जनाको उच्च पहाडी डाक लाकको मध्य भागमा ज्यान गएको जनाईएको छ ।

अन्य चार जनाको भने जन्मस्थान नखुलेको अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ । त्यसैगरी, हराएका २२ जनामध्ये चारजना बिन्ह दिन्ह, एक जना फु येन प्रदेशको मध्यभागका हुन् । अरु १७ जनाको ठेगाना भने स्पष्ट हुन नसकेको केन्द्रीय दैवी प्रकोप समितिले जनाएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org