ताजा समाचार

महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन, केन्द्रको निर्णयप्रति कार्यकर्ता रुष्ट

महोत्तरी, १९ कात्तिक । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । प्रदेश सभा अन्तर्गत महोत्तरी ३ बाट चुनाव लड्न लागेका ठाकुरलाई कांग्रेसले समर्थन गरेको हो ।

कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै ठाकुरलाई समर्थन गरेको हो । उम्मेदवारी फिर्ताप्रति कांग्रेस कार्यकर्ता भने रुष्ट देखिएका छन् । उम्मेदवार बजरंग स्वयंमले उम्मेदवारी फिर्ता कांग्रेस र महोत्तरीको हितमा नभएको बताएका छन् ।

कांग्रेसले प्रदेश २ मा राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास गरेको थियो । तर, धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो भिड्ने भएपछि तालमेल प्रयास असफल भएको थियो ।

केन्द्रबाट कांग्रेसले समर्थन दिएपनि स्थानीय सतरमा कार्यकर्ता रुष्ट हुँदा ठाकुरलाई चुनाव जित्न भने त्यति सहज हुनेछैन् । भोट दिने नेता तथा कार्यकर्ता नै रुष्ट देखिएपछि ठाकुरलाई भोट दिने भन्नेमा आशंका पैदा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org