ताजा समाचार

ट्रान्समिटर खरिद प्रकरणमा अख्तियारले पूर्व मुख्यसचिव क्षेत्रीसँग बयान लियो


काठमाडौं, १९ कात्तिक । ट्रान्समिटर खरिद प्रकरणमा पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँग अख्तियारले बयान लिएको छ । केही दिनअघि मात्रै मुख्यसचिव पदबाट अवकास पाएका राजेन्द्र किशोर क्षेत्रीलाई ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयान लिएको हो ।

२०७० भदौमा अख्तियारले ट्रान्समिटर खरिदमा घोटाला भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि मध्यस्तकर्ता नियुक्त गरेर प्राधिकरणको रकम अनियमीत तरिकाले खर्च गरेको र अदालतलाई समेत प्रभावित पार्न खोजेपछि क्षेत्रीलाई अख्तियारले बयान लिएको हो ।

क्षेत्रीसँगै अदालतलाई प्रभावित पार्न खोजेको आरोपमा प्राधिकरणका तत्कालिन बोर्ड पदाधिकारी एवं तत्कालिन उर्जा सचिव अर्जुन कुमार कार्की र विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले बयान लिएको छ । अर्जुन कार्की नेपाल सरकारको बहालवाल सचिव हुन् भने पण्डित पुर्व सचिव हुन् । पण्डितले पनि केही समयअघि मात्रै अवकास पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org