ताजा समाचार

बागी उम्मेदवारी फिर्ता गर्न ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर

पर्वत, १९ कात्तिक । बागी उम्मेदवारी फिर्ता गर्न हेलिकोप्टर चार्टर गरिएको छ । प्रथम चरणको निर्वाचनको उम्मेदवारी फिर्ताका क्रममा पनि हेलिकोप्टर चार्टर गरिएको थियो । दोस्रो चरण निर्वाचनका लागि पनि वागी उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको हो ।

नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलको उमेदवारी फिर्ता लिन हेलिकोप्टर चार्टर गरिएको हो । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गरी उम्मेदवारी फिर्ता लिएका हुन्।

पौडेलले उमेदवारी फिर्ता लिन पोखराबाट कुस्मासम्म हेलिकप्टर चार्टर गरेका थिए । प्रभु एयरको हेलिकप्टर ५० हजार रुपैयाँमा चार्टर गरिएको थियो। पौडेलको नाममा १ बजे अघि नै उमेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिइएको थियो। तर पौडेल भने १ः३० पछि मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए।

पौडेलले नेपाली कांग्रेसले उचित जिम्मेवारी दिने बिषयमा सहमति भएपछि उमेदवारी फिर्ता गरेको बताए। नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी मनोज गुरुङ्ग, मोहन आचार्य, प्रकाश पौडेललगायतको पहलमा शनिबार मध्यरातसम्म पोखरामा छलफल भएपछि आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले उमेदवारी फिर्ता लिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org