ताजा समाचार

नारायणकाजीमाथि बाबुरामको प्रहारः नायारणकाजी वडा अध्यक्षका लागि लायक

गोरखा, १९ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् । गृह जिल्लाको चुनावी मैदानमा उत्रिएका पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नारायणकाजी वडा अध्यक्षका लागि लायक भएको टिप्पणी गरेका छन् ।

भट्टराईले आफ्ना चुनावी प्रतिद्वन्द्वी श्रेष्ठलाई ‘वडा अध्यक्षका लायक’ भएको प्रतिक्रिया दिएका हुन् । भट्टराई आँखा चिन्ह लिएर चुनावमा होमिएका छन्, भने श्रेष्ठ हसियाँ हथौडा चिन्ह लिएर चुनावमा छन् । भट्टराईले अजिरकोटको टुटवाङमा चुनावी अभियानका क्रममा सबै सेवाका क्षेत्रलाई आफ्नो वडामा मात्र लैजाने नेता वडा अध्यक्षका लागि मात्र लायक हुने बताए।

‘सबै योजनाहरू आफ्नै वडा नै लैजाने, स्वास्थ्य चौकी लगायत सेवा केन्द्रहरु त्यही वडामा केन्द्रित गर्ने। एउटा वडामात्र हेर्ने ?’ भट्टराईले श्रेष्ठको नाम नै नलिई भने, ‘एउटा वडामात्रै हेर्ने, निर्वाचन क्षेत्र, जिल्ला, देश, समग्र राजनीति नहेर्ने मान्छे प्रतिनिधिसभाका लागि भन्दा वडा अध्यक्षका लागि लायक हुनुहुन्छ।’

नेकपा माओवादी केन्द्रबाट भट्टराईसँग पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । पछिल्लो समय दुवै नेता एकअर्काप्रति निकै आक्रोशित भईरहेका छन् । उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न एकअर्काको आलोचनामा उत्रिएका हुन् । चुनावमा वाम गठबन्धनबाट श्रेष्ठलाई एमालेको साथ छ भने भट्टराईलाई कांग्रेसले सघाउँदैछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org