ताजा समाचार

पूर्वराष्ट्रपति रामवरणलाई १५ दिनभित्र घर खाली गर्न घरबेटीको अल्टिमेटम

काठमाडौं, २० कात्तिक । काठमाडौंमा घरभाडामा बस्दा पूर्वराष्ट्रपति डा. रामवरण यादव त सुरक्षित छैनन् भने अन्यको हालत के होला ? काठमाडौंका घरबेटीहरुले दिनानुदिन दिईरहेन तनाव, झमेलाले डेरामा बस्ने आम नागरिक आजित भईसकेका छन् । सरकारले उनीहरुको सुरक्षालाई लिएर कानुन समेत निर्माण गरिसकेको छ । तर पनि त्यसले सार्थकता पाउन सकेको छैन् ।

आम मानिसले झेल्नुपरेको झमेला त परै जाओस पूर्वराष्ट्रपतिले समेत त्यस्तै समस्याको सामना गर्नुपरेको छ । घरबेटीको उनको सार्वजनिक बेइज्यती गरेको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर-४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ.‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् ।

घरबेटीले भनेका छन्, ‘घरबहाल सम्झौता नवीकरण नगरी बहाल तथा विजुलीको बिल रकमसमेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने बसाउने कार्य भइरहेको छ ।’ आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटीको तर्क छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org