ताजा समाचार

सुनसरीमा कांग्रेस उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्की सबैभन्दा बलिया, वाम भन्दा १० हजार मत बढी

सुनसरी, २० कात्तिक । सुनसरीमा नेपाली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्र कार्की सबैभन्दा बलिया देखिएका छन् । सुनसरी क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका अर्थमन्त्री कार्की सबैभन्दा बलिया देखिएका हुन् । संघीय समाजवादी फोरम नेपालले कांग्रेसका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएपछि कार्कीको मत बलियो बनेको हो । फोरमका तर्फबाट मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिँदै कार्कीलाई समर्थन गरेका छन् ।

स्थानीय तह निर्वाचनको मत हेर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कार्की वाम गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छन् । त्यस क्षेत्रमा १ लाख ११ हजार ४ सय ८१ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय १७ मत पाएका थिए ।

यसरी हेर्दा कार्कीको लोकतान्त्रिक गठबन्धनको भोट ३३ हजार ८ सय १७ छ भने नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठको २३ हजार ६ सय ९६ मत छ । कार्की करिब १० हजार भोटले अगाडि छन् । पटक पटक झिनो मतले हार्दै आएका कार्की जनतासामू त्यति लोकप्रिय हुन भने सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org