ताजा समाचार

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्दा २७ को मृत्यु, २४ घाइते

टेक्सास, २० कात्तिक । अमेरिकाको टेक्सासको एक चर्चभित्र गोली चल्दा २७ जनाको ज्यान गएको छ । टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको ज्यान गएको हो । गोली लागेर २४ भन्दा बढी घाइते भएका छन् ।

आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको थियो । गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ ।

सामाजिक सन्जालमा राखिएको एक भिडियोमा चर्च बाहिरको इलाकालाई पुलिसले घेराबन्दी गरेर राखेको देखिन्छ । प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org