ताजा समाचार

भैरहवामा ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, २० कात्तिक । भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ । गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए । रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org