ताजा समाचार

यि हुन्, सम्पत्ति विवरण लुकाउने बेलायती महारानीदेखि विश्वका धनीसम्म

काठमाडौं, २० कात्तिक । विश्वका धनी तथा शक्तिशाली व्यक्तिले कर छल्ने गरेको गोप्य दस्तावेज चुहावट भएको छ । बेलायती महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले कर छलि अर्थात ट्याक्स हेवन गरेको गोप्य दस्तावेज बीबीसी प्यानोरामालगायत संसारका करिब एक सय सञ्चारमाध्यमको समूहले सार्वजनिक गरेका छन् ।

‘प्याराडाइज पेपर्स’ नाम दिईएको दस्तावेजमा लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय विवरण उल्लेख बिबिसीले जनाएको छ । प्याराडाइज पेपर्सले एक करोड ३४ लाख कागजात छन् । चुहावट भएको दस्तावेज अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारका बाणिज्य मन्त्रीको अमेरिकाले प्रतिबन्ध लगाएको रुसी कम्पनीमा शेयर रहेको पनि खुलेको छ ।

विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थानले यि कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गएको वर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यि कागजात प्राप्त गरेको थियो ।

यि दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्शियम अफ इन्वेस्टिगेटिव जर्नालिस्ट्स (आइसिआइजे) ले गरेको छ । अब यो हप्ता भरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुनेभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org