ताजा समाचार

माधव नेपाल एक्कासी धुर्मुस–सुन्तली भेट्न सन्तपुर बस्ती पुगेपछि

रौतहट, २१ कात्तिक । नेकपा एमालेका नेता माधव कुमार नेपाल एकाएक रौतहटमा निर्माणाधिन सन्तपुर बस्तीको निरिक्षणमा पुगेका छन् । चन्द्रपुर नगरपालिका –८ मा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको यस बस्तीमा यसअघि कुनैपनि राजनीतिक दलका नेताहरुले चासो नदिईरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल एक्कासी पुगेका हुन् ।

नेता नेपाललाई फाउण्डेशनका अध्यक्ष – सिताराम कट्टेल ‘धुर्मुस’, परियोजना संयोजक – कुञ्जना घिमिरे ‘सुन्तली’, परियोजना ब्यवस्थापक – अर्जुन न्यौपाने, बस्तीका अध्यक्ष – सत्यनारायण माझी लगायतले स्वागत गरेका थिए ।

काभ्रे, सिन्धुपालचौक, महोत्तरी पछि धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटमा एकिकृत नमूना सन्तपुरबस्ती निर्माण सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वार्ड नं –८ मा निर्माणधिन यस बस्तीको कुल लागत ५ करोड ७५ लाख रहेको छ भने ३० प्रतिसत काम सम्पन्न भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org