ताजा समाचार

पक्राउ परेका साउदी राजकुमारलाई थुन्न पाँचतारे होटलको प्रयोग

एजेन्सी, २२ कात्तिक । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी युवराज मोहमद बिन सलमानको भ्रष्टाचारविरुद्धको कारबाहीपछि पक्राउ परेका ११ साउदी राजकुमार, सरकारका मन्त्री र उच्च तहका व्यापारीहरूलाई थुन्न पाँचतारे होटललाई नै जेल बनाईएको हो ।

साउदी अरबको आधुनिक इतिहासमा अहिलेसम्मकै ठूलो भ्रष्टाचारविरुद्धको कारबाहीमा उनीहरू यसै साता पक्राउ परेका थिए । आरोपितहरू राजधानी रियादको रिज कार्लटन होटेलको कोठाको भुइँमा एउटा पातलो म्याट्रेसमा ब्ल्यांकेट ओढेर लामबद्ध सुतेको तस्बिर सार्वजनिक भएको छ । उनीहरू आफ्नो जीवनमा नै पहिलोपटक यस्तो दयनीय अवस्थामा भेटिएको तस्बिर सार्वजनिक भएको छ ।

कैद हुनेमा राजा सलमानका भतिजा तथा अर्बपति राजकुमार अल वालेद बिन तलाल पनि छन् । १८ अर्ब डलर सम्पत्तिका मालिक तलालका विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा लगानी छ । युवराजको कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरिरहेकै वेला अर्बपति राजकुमारहरू दयनीय अवस्थामा रहेको तस्बिर सार्वजनिक भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org