ताजा समाचार

तीन वर्षीया बालिका बलात्कारपछि हत्या गर्नेलाई ‘मेसिन गन’ ले उडाईयो

एजेन्सी, २३ कात्तिक । यमनमा एक तीन वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने एक व्यक्तिलाई सार्वजनिक रुपमा ‘मेसिन गन’ ले उडाइएको छ । मृत्युदण्डको यस्तो भयानक दृश्य हेर्नेमा बालिकाका बुवा याहया अल्मातारी पनि थिए जसले उनको मृत्यु हेर्दा ‘राहत र सन्तुष्ट’ महसुस भएको प्रतिक्रिया दिएका छन् ।

उनका नजिकका छिमेकी मोहम्मद अल माग्रबीलाई एके–४७ ले उडाएको दृश्य हेर्न उनीसहित हज्जारौं भीड जम्मा भएका थिए । ४१ वर्षीय मोहम्मदलाई यमनको शरिया कोर्टले छिमेकीको तीन वर्षीया छोरी राना अल्मातारीलाई बलात्कार गरेर हत्या गरेको पुष्टि गरेको हो ।

भयानक मृत्युदण्ड दिएको दृश्य हेरेका बालिकाका बुवाले भने, ‘मलाई मेरो पुनर्जन्म भएको जस्तो लाग्यो । त्यो मेरो जीवनको पहिलो दिन जस्तो लाग्यो । मैले अब राहतको महसुस गरिरहेको छु ।’ बालिकाका हत्यारा उनलाई एउटा ‘रग’ माथि सुताइयो र दुबै हात बाँधिएको अवस्थामा पुलिस अधिकारीले एके–४७ मेसिन गनले मृत्युदण्ड दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org