ताजा समाचार

माओवादीका तीन पोलिटब्यूरोसहित दश नेता पार्टीबाट निष्काशित

काठमाडौं, २३ कात्तिक । नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ । वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता, उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उम्मेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा र सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई माओवादीले कारवाही गरेको हो ।

सल्यानबाटै प्रदेश ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादीले कारवाही गरेको छ । यस्तै सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि माओवादीले कारवाही गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org