ताजा समाचार

विवेकशील साझा पार्टीले नेपाललाई २० वर्षमा मध्यम आय भएको मुलुक बनाउने

काठमाडौं, २३ कात्तिक । नेपाललाई २० वर्षमा मध्यम आय भएको मुलुक बनाउने विवेकशील साझा पार्टीले घोषणा गरेको छ । आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा लिँदै आएको विवेकशील साझा पार्टीले चुनावी घोषणापत्रमा यस्तो उल्लेख गरेको हो ।

आशन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनाएको चुनावी घोषणापत्रमा अरु दलको जस्तै देशलाई आर्थिक संवृद्धि र स्थितिरता दिने प्रतिबद्धता गरिएको छ ।

विकेकशील साझा पार्टीले ठूला दल देशमा मौलाएको भ्रष्टाचार, अनियमितता जस्ता कुरितिप्रति मौन रहेकाले चुनावी मैदानमा उत्रनु परेको प्रष्ट पारेको छ । घोषणापत्रमा भनिएको, ‘ठूला दल लुटतन्त्रप्रति मौन छन् । देशलाई संकटबाट निकालेर लोकतन्त्रको रक्षा गर्न हामी चुनावी प्रतिष्पर्धामा आएका छौं ।’

विकेकशील साझा पार्टीले २० वर्षभित्र देशलाई मध्यम आय भएको देशको स्तरमा पुर्‍याउने, उद्योग कलकारखाना खोल्ने उल्लेख गरेको छ । रोजगारी, पानी, बिजुली जस्ता आधारभूत विषयको प्रत्याभूति राज्यले नै गर्ने विवेकशील साझा पार्टीको घोषणापत्रमा लेखिएको छ ।

विवेकशील पार्टीले राइट टु रिजेक्ट, राइटु रिकलको व्यवस्था गर्ने उल्लेख गरेको । पार्टीले बेलायती प्रणालीको संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको व्यवस्थाको पक्षमा उभिएको छ ।

चुनावी घोषणापत्रको पूर्णपाठ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org