ताजा समाचार

अमेरिकामा चालकरहित बस पहिलो दिनमै दुर्घटनामा पर्‍यो

एजेन्सी, २३ कात्तिक । अमेरिकामा चालकरहित बस पहिलो दिन नै दुर्घटनामा परेको छ । लास भेगस सहरमा कैयौं यात्रुहरु सवार स्वचालित यात्रीबस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको हो । चालकरहित बस परीक्षण कै क्रममा सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएपछि दुर्घटनामा परेको हो । तर, बसमा सवार सबैजना शकुसल रहेका छन् ।

लरीका चालकले गरेको गल्तिका कारण दुर्घटना भएको र ती चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । ‘नाभ्या’ नामक कम्पनीले निर्माण गरेको उक्त बसको परीक्षण लन्डनमा समेत भइरहेको जनाइएको छ ।

उक्त चालकरहित यात्रीबस अमेरिकाको सार्वजनिक सडकमा पहिलोपटक गुडाइएको बीबीसीेले जनाएको छ । गुगलको प्रमुख कम्पनी ‘अल्फाबेट’ले फिनिक्स एरिजोनामा चालकरहित ट्याक्सी सन्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि उक्त दुर्घटनाको भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org